इटहरी / इटहरीको वडा नम्बर ६ मा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार इटहरीको लायन्स क्लबको भवनमा भएको साधारण सभामा संस्थाका अध्यक्ष बलराम भण्डारीले समितिको बार्षिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/ ८० को शेयर पुर्जी १ करोड २१ लाख ९१ हजार ८ सय ३ रहेको छ । चालू आर्थिक वर्ष भित्र संस्थाको शयर पुजी १ करोड ४८ लाख ६८ हजार ९ सय पुर्याउने लक्ष्य लिएको छ ।
हाल सम्म संस्थामा जम्मा सेयर सदस्य संख्या ९ सय ९५ जना रहेका छन् । आर्थिक वर्ष भित्र शेयर सदस्य संख्या १५ सय पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भण्डारीले बताए ।
आर्थिक वर्ष २०७९/८० सम्म सहकारीका छाता संघहरु जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, केन्द्रीय बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकमा गरी कुल ६ लाख २६ हजार ५ सय शेयर लगानी रहेको छ । साथै चालु आर्थिक वर्षमा शेयर थप गरी १० करोड पुऱ्याउने लक्ष्य रहेको छ ।
साधारणसभाका आ.ब.२०७५/०८० को आय-व्यय अनुमोदन तथा चालु आ.ब.२०८०/०८१ को बजेट, कार्यक्रम सम्बन्धमा छलफल , चालु आ.ब.२०८०/०८१ को लागी लेखापरिक्षक को नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा छलफल ,संस्थाको बिनियम संसोधन तथा पुर्नलेखन गर्ने सम्बन्धमा छलफल , संस्थाको बचत तथा ऋण निति संसोधन गर्ने सम्बन्धमा छलफल ,संस्थाका लागी आबश्यक अन्य निति तथा कार्यबिधिहरु निर्माण गर्ने सम्बन्धमा छलफल , संस्थालाई बिषयगत सहकारी संस्थासँग एकिकरण गर्ने सम्बन्धमा छलफल , १२ औं बार्षिक साधारण सभाको निर्णय पुस्तिका हस्ताक्षरका लागी प्रतिनिधि छनौट गर्ने सम्बन्धमा छलफल भएको थियोे ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम भण्डारीको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलको प्रमुख अतिथि रहेका थिए ।
जनप्रतिनिधिको हिसाबले इटहरी ६ मा रहेर सञ्चालन भएका सहकारी संस्थालाई नियमन गर्ने तथा आफ्ना क्षेत्रमा रहेका सहकारीलाई सबल ,सक्षम र पारदर्शी बनाउन आफू तप्तर रहेको इटहरी ६ का वडा अध्यक्ष दिवस पोखरेलले बताए ।
अतिथिमा राष्ट्रिय सहकारी बैंक इटहरी शाखाका प्रमुख सविना श्रेष्ठ ,इटहरी उपमहानगरपालिकाका सहकारी शाखा प्रतिनिधि ओम प्रकाश मेहता, सहकारीका उपाध्यक्ष भोलाप्रसाद निरौला , सरकारीका सदस्य , संस्थाका सेयर सदस्य लगाएतको सहभागीता रहेको थियोे ।


