सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा १० स्थित बाघझोडा सिमसारमा नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेशले आफ्नो संस्थाको वार्षिक कार्यक्रम अनुरूप  प्रदेश स्तरीय भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ। 

 करिब ६५ जना इन्जिनियर र मूल्यांकनकर्ताहरूको  सहभागितामा बाघझोडा पर्यटकीय स्थलमा भेला आयोजना भएको थियो। भेलामा ई. कुमार तिम्सिना, ई. भविन खड्का, ई. सरोज भट्टराई, ई. तुलाराम भण्डारी, ई. विवेक श्रेष्ठ, ई. सचिन बरालले मन्तव्य राखेका थिए।व्यक्ताहरूले देशको अर्थतन्त्रको चलायमानका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, फाइनान्स सहकारीको वर्तमान नीति, कार्यक्रम र स्पष्ट नीतिको अभावमा मूल्यांकनकर्ताले भोगेका समस्या र कठिनाइ लगायत देशको अर्थतन्त्रका बारेमा बाेलेका थिए । 

 नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय सदस्य सचिन भट्टराई , नेपाल इन्जिनियर एसोसिएसनका कोशी प्रदेश सभापति ई. जयनाथ यादव साथै  केन्द्रीय महासचिव ई. रविभुषण झाको विशिष्ट आथित्यताको उपस्थितले कार्यक्रमको गरिमा बढाएको थियो ।कार्यक्रमको सहजीकरणमा ई. किशन अधिकारीले सहयोग पुर्याएका   थिए । 

 उक्त कार्यक्रममा कोशी प्रदेशका अग्रज मूल्यांकनकर्ता ई. कृष्णहरि पोख्रेल तथा ई. दिवशमोहन श्रेष्ठलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको  नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेश उपसभापति ई. सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएसन कोशी प्रदेश सभापति ई. आमोदराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।