इटहरी / इटहरीमा रहेर विगत २८ वर्ष देखि सञ्चालनमा रहेको शान्ति जनकल्याण बुहउद्देश्यीय सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार क्षेत्रीय कृषि अनसुन्धान केन्द्र तरहराको प्राङ्गणमा साधारण सभा गरिएको हो । साधारण सभामा संस्थाका अध्यक्ष वीर वहादुर लिम्बुले समितिको बार्षिका प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार २०७९/ ८० को शेयर पुर्जी ७ करोड ७५ लाख  ३१ हजार ५ सय रहेको छ । गत सालको तुलनामा ९ दशमलव २० प्रतिशतले बृद्दी भएको छ भने यस वर्षका संस्थाको कुल ऋण लगानी १ करोड ८२ लाख ९९ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस वर्ष संंस्थाको जम्मा मुनाफा १ करोड २६ लाख ८९ हजार ३ सय ४२ रहेको छ ।  

संस्थाले आफ्नो २८ औं वार्षिक साधारणसभामा आफ्ना शेयर सदस्यहरुको शस्वास्थको ख्याल गर्दै, इटहरी मेडिकलको सहयोगमा शस्वास्थ शिविरको आयोजना समेत गरेको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष वीर वहादुर लिम्बुको अध्यक्षता कार्यक्रम गरिएको थियोे । प्रमुख अतिथि राष्टिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल रहेका थिए ।महासंघको मुल मर्म भनेकै एकका लागि सबै सबैका लागि एक भन्ने मुल मर्म रहेको महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बताए । यसले सदस्यहरूको हितका लागि कार्य योजना बनाउने रहेका संस्थाको क्षमता वृद्धि गराउने रहेको उनले बताए । 

अतिथिहरू जिल्ला सहकारी  संघ लिमिटेड इनरुवाका अध्यक्ष गंगा प्रसाद दाहाल,  कृषि अनसुन्धान निर्देशनलय तरहराका प्रमुख डा.गोविन्द तिम्सीना, इटहरी उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष तथा संस्थाका सल्लाकार मणिराम श्रेष्ठ,  इटहरी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइराला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा सहकारीका शेयर सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, लगायत स्थानियको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।IMG_20231230_171204

शान्ति जनकल्याण बुहउद्देश्यीय सहकारी संस्था बुहउद्देश्यीय भएकाले यहाँ विभिन्न खाल्का कार्यक्रम समेत संस्थाले सञ्चालन गर्दै आएको छ । "बहुउद्देश्यीय सहकारी अभियान व्यावसायमा विविधता, सेवामा एकरूपता प्रविधि मैत्री, गुणात्मक विकास, शुसासनमा हाम्रो प्रतिबद्धता" संस्थाको रहेको छ ।IMG_20231230_171109