इटहरी / रोट्याक क्लब सुनसरी द्वारा सांस्कृतिक उत्सव कार्यक्रम गरिएको छ ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि रोट्याक क्लब सुनसरी द्वारा संस्कार संस्कृति र सद्भावलाई जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक उत्सव कार्यक्रम गरिएको छ ।
सांस्कृतिक उत्सवमा थारु समुदायको झाकि नृत्य,किरात राई यायोक्खा समुदाय को झाकि नृत्य,तामाङ समुदाय झाकि नृत्य,गुरुङ समुदायको झाकि नृत्य,नेवार समुदायको झाकि नृत्य,सामुहिक नृत्य लगाएत विभिन्न जातिका नृत्य प्रस्तुत गरिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथिमा इटहरी उपमहानगरपालिकाका नगप्रमुख हेमकर्ण पौडेल रहेका थिए । रोट्याक क्लबले सुनसरी र इटहरी रहेर सामाजिक कार्यमा सक्रिय रहदै आएको संस्थाले संस्कृति र सद्भावलाई जगेर्ना गर्दा आफू खुसि नगर प्रमुख पौडेलले बताए ।
नेपाली समाजमा मनाउने संस्कार संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक उत्सव मनाएको रोट्याक क्लब सुनसरीकि अध्यक्ष आयुष्मा अधिकारले बताइन् । सांस्कृतिक नृत्य देखाउने टोलीलाई प्रमाण पत्र वितरण गरिएको थियोे ।



