सुनसरी / हाम्रो आवज चेलिबेटि बेचविखनबाट मुक्ति समााज भन्ने मुल नाराका साथ माइती नेपाल तथा पुर्नस्थापना गृह इटहरी सुनसरीको आयोजना तथा प्रोफिलाको सहयोगमा  मानव वेचविखन विरुद्धको जोखिममा रहेका तथा प्रभावितहरुलाई जीवन उपयोगी सिप विकास कार्यक्रम अन्र्तगत माइती नेपाल सुनसरीबाट सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरिएको छ । 

माइती नेपाल सुनसरीले ६ महिने सिप विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिममा सहभागिता जनाएका ५ जनालाई लुगा सिलाउने मेशिन हस्तान्तरण गरेको हो । मानव वेचविखनको जोखिममा परेकाहरुलाई तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको माइती नेपालले सिलाई कटाई तालिम संगै व्यूटिपालर, एड्भान्स  सम्बन्धी तालिम दिएर मेशिन समेत उपलब्ध गराउदै आएको छ ।

तालिममा १६ जना सहभागि थिए जस मध्ये सिलाई कटाई तालिममा ७ जान, व्यूटिपालर तलिममा ५ जना र एड्भान्स  तालिम ४ जनालाई दिएको  हो । साथै  सो कार्यक्रममा तालिमकर्तालाई प्रमाण प्रत्र समेत  प्रदान गरिएको छ । तालिममा सहभागीहरुलाई मेशिन हस्तान्तरण गर्दै इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याएर आत्मनिर्भर हुन सक्ने बताउनुभयो ।

पौडेलले  तालिम लिएर तालिममा सिकेको ज्ञान सदुपयोग गर्नु पर्नेमा समेत जोड दिनुभयो । तालिम पछि व्यवसाय सञ्चालनका लागि मेशिन उपलव्ध भएपछि तालिम लिनेहरु समेत उत्साहित बनेका छन् । माइती नेपाल पुनःस्थापना तथा परार्मश केन्द्र कोशी प्रदेशका अधिकृत गोविन्द घिमिरेको अध्यक्षता रहेको थियो ।

प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख रहनुभएकोे थियो । विशेष अतिथिहरु इलाका प्रहरी कार्यलय प्रमुख टेक बहादुर कार्की, इटहरी उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष माधव कोइराला लगायत विभिन्न संघ संस्थाका व्यक्ति ,तालिम प्रशिक्षक, तालिम कर्ता स्थानिय लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।