इटहरी / नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पुस २१ गते शनिबार सुनसरीको इटहरीमा राष्ट्रव्यापी धर्मसभा आयोजना गरिने उदघोष गरेका छन् ।

‘धर्म–संस्कृति सन्देश’ इटहरीद्वारा राधाकृष्ण शिव मन्दिर परिसरमा आज आयोजित ऊँकार परिवारको भेलामा जगद्गुरु देवाचार्यले उक्त उदघोष गरेका हुन् ।

नेपालमा हिन्दु सनातन धर्मसहित ऊँकार परिवारप्रति चौतर्फी आक्रमण भइरहेकोले त्यसको सङ्गठित प्रतिकार गर्नुपर्ने भएको उल्लेख गर्दै जगद्गुरु देवाचार्यले भनेको उनले बताए ।

जगद्गुरु देवाचार्यका अनुसार इटहरीमा हुने धर्मसभामा स्वर्गद्वावारी, मुक्तिनाथ, देवघाट, जनकपुर, पशुपतिनाथलगायतका सन्त–महन्तलाई निमन्त्रणा भएको छ । सभामा ऊँकार परिवारअन्तर्गत पर्ने किरात र बौद्ध धर्मका गुरु एवम् अगुवाहरूलाई पनि सहभागिताका निम्ति निमन्त्रणा पठाइनेछ ।

विश्वप्रसाद रिजालको अध्यक्षता सम्पन्न ऊँकार परिवारको भेलामा विश्व हिन्दु परिषद् नेपालका अध्यक्ष देवराज अधिकारी, छठ पूजा सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरी, सत्सङ मन्दिर इटहरीकी अध्यक्ष अप्सरा भट्टराई, अग्रज पत्रकार कृष्णविनोद लम्साललगायतले इटहरीमा आयोजना हुन लागेको धर्मसभा सफल पार्न आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संस्थापक दीनबन्धु शास्त्री, गौ–संरक्षण अभियानकर्र्मी नन्दकिशोर भारद्वाज, श्रीवैष्णव समूहका दाताराम स्वामी, विश्व कविर महासङ्घका महात्मा सत्यदेव, किरात इस्कोन इटहरीका ललितमाधव दासलगायत सन्तहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक तथा ‘धर्म–संस्कृति सन्देश’का सम्पादक कमल दाहालका अनुसार आज इटहरीमा भएको ऊँकार एकता भेला पूर्वाञ्चलमा पहिलो उनले बताए ।

IMG_20231229_201640