इटहरी / इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी  संस्थाले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ । साधारणसभाले अध्यक्षमा मुना प्रसाइ तिम्सीनालाई दिएको छ भने उपाध्यक्ष पद्मादेवी पन्धाक, सचिव जानुकला तामाङ, कोषाध्यक्ष पुनम थापामगर , सदस्य ओमप्रसाद दंगाल,रुद्रमाया भट्टराइ , शोभिता पुरी, कमला निरौलाले निर्वाचित भएका छन् ।

निर्वाचित भएकालाई प्रमाण पत्र गरिएको  थियो । सुनसरी र मोरङमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको र १० हजार बढी सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औं वार्षिक साधारणसभा इटहरीमा सम्पन्न भएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाज नेपाल, इटहरीका अध्यक्ष खगेन्द्र प्रसाद निरौलाको प्रमुख आतिथ्य तथा सहकारीकी निवर्तमान अध्यक्ष अमृता सुब्बाको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी निरौलाले इटहरीमा रहेको यस संस्थाले महिला , वृद्ध ,बालबालिकाका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको प्रमुख अतिथी निरौलाले बताए । IMG_20231229_121257

संस्थाको कुल सम्पत्ति ७२,०३,४९,२०५ रहेको छ । संस्थाले तालिम , गोष्ठी तथा भ्रमण गराउदै आएको छ । कार्यक्रममा जिल्ला सहकारी  संघ लिमिटेड इनरुवाका अध्यक्ष गंगा प्रसाद ढकाल ,बचत तथा ऋण सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष योगमाया सुवेदी ,किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकाल,राष्ट्रिय सहकारी महासंघका सदस्य शिव डाँगी संस्थाका सेयर सदस्य लगाएतले आफ्नो भनाइ राखेका थिए । कोशी प्रदेशको महिलाहरूले नेतृत्व गरेको  सहकारी संस्था हो ।  

IMG_20231229_193838