सुन्दरहरैंचा / गछिया जेसीज वर्ष २०२४ को अध्यक्षमा धुर्ब निरौला निर्वाचित भएका छन् । मोरंगको सुन्दरहरैंचा मा सम्पन्न १०औं महाधिवेशनबाट प्रतिस्पर्धीलाई पछि पार्दै निरौला निर्वाचित भएका हुन् ।
निरौलाले ८७ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी शान्तिराम श्रेष्ठले २३ मत पाए । कार्यकारिणी उपाध्यक्षमा निराजन धमला, पुस्पा ढुङेल विजयी भए ।

महासचिवमा प्रदिप खतिवड़ा, कानुनी सल्लाहकारमा पप्पु शाह, कोषाध्यक्षमा रोहित लिम्बु, सचीवमा ग्यान नाथ ढकाल र जन सम्पर्क अधिकारीमा सुस्मिता भट्टराईलाइ मनोनीत गरिएको नव निर्वाचित अध्यक्ष धुर्ब निरौलाले बताए । त्यस्तै उपाध्यक्षमा गंगा सिग्देल, पबित्रा गौतम भण्डारी, रिसल भण्डारी र बिनोद भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत रबिन सिटौलाले बताए ।


