इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम सुरु गरिएको छ ।
कृषीलाई पहिलो प्राथमिकता राखेर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम सुरु गरिएको छ ।आज र भोलि हुने कौशी खेति कार्यक्रममा इटहरी ५ का ५० वटा टोल विकास संस्था मध्य १४ वटा टोल बिकास संस्थालाई छनोट गरेर प्रत्येक टोल विकास संस्थाका ५-५ जना महिलालाई कौशी खेतीका लागि छनोट गरिएको छ । जसमा ७० जना रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी रहनु भएको थियोे । उहाँले कौशी खेतिका लागि इटहरी सरकारले समेत सहयोग गर्ने बताउनुभयो । घरभित्रको फोहोरलाई घरभित्रै व्यवस्थापन गरी सहरलाई प्रदूषणमुक्त बनाउन, उद्यमशीलता विकास गर्न र सहरी सुन्दरता प्रवर्द्धन गर्न कौशी खेतीले महत्त्वपूर्ण योगदान दिनसक्ने उहाँले बताउँनु भयो ।
कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेले यस वटा मार्फत गरिएको कार्यक्रम स्थानीय व्यक्तिलाई व्यवसायीकरण बनाउने उदेश्य रहेको बताउनुभयो ।
अझै पनि इटहरीमा तरकारी बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिदै इटहरीका अधिकांश घरको कौसीमा तरकारी फलाउन सके वाहिरवाट तरकारी आयात गर्नु पर्ने बाध्यता हटाउन सकिने उहाले बताउनुभयो ।
कौशी खेतिबाट करेसाभित्र कौशी खेतीका लागि ठाउँ मिलाउने, भार अनुमान गर्ने, माटो संकलन, पानीको जोहो, बाली व्यवस्थापन, मल व्यवस्थापन, रोग एवं किरासम्बन्धी जानकारीसँगै कोशीमा प्रयोग हुने विभिन्न प्रविधिबारे जानकारी उपलब्ध गराइएको थियोे । कार्यक्रमको प्रशिक्षक गंगा अधिकारीले गर्नु हुने भएको छ । 


