मोरङ / थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला कार्य समिति सुनसरीको ९ औँ अधिवेशन सम्पन्न भएको छ ।
था.क.स.को केन्द्रिय महामन्त्रि प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । अधिवेशनमा थारुको मुद्धामा एकता हुन आवश्यकतामा जोड दिदै बक्ताहरुले धारणा ब्यक्त गरेका छन् । प्रदेश १ मा थारु कोटा आवश्यक्ता रहेको महामन्त्री चौधरीले उठान गरेका छन् । सबै प्रदेशमा थारु कोटाको निर्धारण भएपनि प्रदेश १ मा कोटा निर्धारण नभएकोले यसमा थारु सांसद लगायत हामि थारु कल्याणकारिणी सभा चुकेको बताए ।
आन्दोलित थारु जाती राज्य संग माग गरिरहेको अधिकार, माग, मुद्धा संस्थागत रुपले सशक्त रुपमा आवाज उठाउन सक्ने नेतृत्व कर्ताको चयन हुन अवश्यक रहेको भन्दै महामन्त्री चौधरीले सर्वसहमतिले सुनसरी जिल्लाको नेतृत्व ल्याउन सुझाव समेत दिएका छन् ।
थारु समुदायका युवाहरुमा राजनीतिक चासो बढीरहेको बेला थारु संघ संगठनमा प्रभाव पर्नु स्वभाविक भएको प्रतिनिधि सभा सदस्य भगवती चौधरीले बताए । थारु समुदाय राजनीतिक रुपले प्रखर हुनुपनि पर्छ, तसर्थ थारु कल्याणकारिणी सभाको नेतृत्वमा जो कोही आएपनि राजनीतिक मान्यता नराखी साथ सहयोग गर्नु पर्ने उठान गर्दै थारु कल्याणकारिणी सभामा सबै भुगोलबाट लिएर सन्तुलन गर्नु पर्ने प्रतिनिधि सभा सदस्य चौधरीले सुझाव ब्यक्त गरे ।
थारु कल्याणकारी सभा सुनसरी कार्य समितिको सिङ्गो समुहके २०७९ को चैत देखी पुनर गठन सुनसरीको प्रत्येक वडा, गाउँ पालिका, नगरपालिका साथै उप महा नगरपालिकामा गएर टोल नगर गठन गरेको थियो ।
घरको सवै काम थाती राखेर भोक प्यास के नभनी थारुहरुको हकहितको लागी अगाडि बडेको थिम तर यो ९ औं अधिवेशनको कार्यक्रम हेर्दा मलाई लाज लागेको छ यो भेला अनी कार्यक्रम स्थर देखेर भनी थाकस सुनसरी उपाध्यक्ष जनकी चौधरी कार्यक्रम औचित्य राख्ने क्रममा आफ्नो गहभरीको पिडा पोखेकी थिइन् ।
थारू सुनसरी सभापति शुरेन्द्र चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारु पौराणिक कला धुम्रानाच प्रस्तुत गरेका छन् । धुम्रा नाच थाकस रामधुनी नगर समिति र थाकस गढी गाउँ समितिले प्रस्तुत गरेको थियो । अधिवेशन कार्यक्रममा थाकस रामधुनी नगर समिति, थाकस इटहरी उपमहानगर समिति, थारु महिला सभा जिल्ला सुनसरी, थाकस बराहक्षेत्र नगर समिति, थाकस इनरुवा नगर समितिले साँस्कृतिक झाँकी सहित सहभागीताले रौनकतामा एकाताको शन्देस दिएको आयोजक संगठन सुनसरीले जानकारी दिए ।
गढी गाउँपालिकाको गढी वनमा आयोजित खुल्लासत्र कार्यक्रममा बक्ताहरु पूर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, प्रदेश सभा सदस्य सुनिता गच्छदार, दुहवी नगर प्रमुख वेद गच्छदार, थाकस केन्द्रिय सदस्य पुणितलाल चौधरी, गढी गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, इटहरी उपमहानगर उपप्रमुख संगिता चौधरी, थारु कानून व्यवसायि सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु महिला सभा जिल्ला सभापति सुशिला लेखी, थाकस गढी सभापति युवराज चौधरीले थारु एकता, अधिकारमा सशक्तता, लोकसेवा चासो, शिक्षामा जोड लगायत पौराणिक पहिचानका कलाहरु संरक्षण हुनुु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा कार्यक्रमको औचित्य बारेमा जिल्ला उपाध्यक्ष जानकी चौधरीले प्रष्ट्याएका थिए भने उपस्थित सम्पूर्णमा शब्दरुपी फुल गुच्छाले स्वागत उपसभापति रामपरी चौधरीले गरेका थिए ।


