इटहरी / इटहरी उपमहानगरपालिका वडा न २ को हात्ती सम्बन्धी अध्ययन गर्न बर्दियाबाट विशेषज्ञ टोली इटहरी आएका छन्  ।

विज्ञ रमेशकुमार थापा सहितको टोली सँग शुक्रबार इटहरी २ मा एक कार्यक्रमका बिच परामर्श गरिएको वडाध्यक्ष माधव कोइरालाले बताए । सो टोलीमा मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडांगीका वडाध्यक्ष अर्जुनकुमार कार्की,जिल्ला बन कार्यालय सुनसरीका प्रमुख,प्रकृति संरक्षण कोष प्रदेश कार्यालय विराटनगरका प्रमुख सहित अन्य विभिन्न सङ्घ संस्थाका पदाधिकारी रहेका छन् ।

सो क्रममा उज्यालो नेपालबाट सोलर लाइट प्रदान गरिनुका साथै जिल्ला बन कार्यालय सुनसरीले इटहरी वडा नम्बर २ लाई एक थान थान साइरन हस्तान्तरण समेत गरेको छ । 

इटहरीमा पछिल्लो समय हात्तीले आतंक मच्चाउदै आएको छ भने एक साता अघि बुढासुब्बा चोक नजिकै हात्ती आक्रमणबाट २६ वर्षीय रविन खड्काको मृत्यु भएको थियो । 1702730916299