इटहरी / सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका विषयमा प्रशिक्षण दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका बरिष्ट उपरीक्षक रबिन राज कर्णजितले बताउनुभयो ।

सशस्त्र प्रहरी बलले १ नम्बर प्रदेश करिब १ सय ७५ बढी बिद्यालयहरुमा जनचेतनामूलक कार्यक्रम गरिसकेको सशस्त्र प्रहरी बल पकलीका बरिष्ट उपरीक्षक कर्णजीतको जानकारी दिनुभयो ।

भुकम्प ,बाढी ,पहिरो डुवान,कटान,आगलागी, शितलहर, दुर्घटना, हावाहुरी/आँधीवरी अतिवृष्टी, अनावृष्टी, ज्वालामुखि लगाएतका आपत्त कालिन अवस्थामा आइ पर्ने समस्याका कारण, समाधान , बच्ने उपाय र  समस्या आईपरेको खण्डमा के गर्ने? भन्ने विषयमा सशस्त्र प्रहरी बल पकलीका निरिक्षक टेकबहादुर कटुवालले प्रशिक्षण गराउनु भएको थियो । IMG-20231214-WA0080

बिद्यालयका एक सय पचास भन्दा बढी विद्यार्थीलाई प्राकृतिक विपद न्यूनीकरणको बारेमा प्रशिक्षण दिईएको मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताउनुभयो । बिद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सब लगायतका काम गर्दै आएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो  ।

विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्दारको कार्य गरिनु मात्र नभई विपद् अघिनै यसबाट जोगिनको लागि  जनचेतनामा अभिबृद्धि गर्न 'विपद् न्युनीकरण कार्यक्रम'को जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका निरिक्षक कटुवालले बताउनुभयो । IMG-20231214-WA0030

विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफुहरुले आपत्तकालिन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरु हुन्छन् भन्ने बिषयमा जानकारी पाएको बिद्यालयमा अध्यनरत छात्रा खुसि विष्टले बताइन् । 

सशस्त्र प्रहरी बलले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रमा लिने भन्ने विषयमा समेत व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरुहरुको अवलोकन गरेका थिए ।IMG-20231214-WA0044mpsb1- मोर्डन स्कुलको विज्ञापन