सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालको छोरीले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन । 

  निवर्तमान मेयर ढकालको छोरीको १३ औ  जन्मदिनको अवसरमा सुन्दरहरैंचा नगरपालिका  ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई  न्यानो कपडा वितरण गरिएको हो ।

 पाथिभरा स्वतन्त्र महिला समाजको ब्यानरमा मंगलबार मेयर ढकालको छोरी सायना ढकालले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष सुनिता ढकाल पोखरेलले बताइन ।

  अध्यक्ष ढकालले आफ्नो छोरी सायनाको जन्मदिनमा गरिने फजुल खर्च भन्दा यसरी न्यानो कपडा वितरण गर्न पाउँदा खुसी  लागेको जानकारी दिइन । न्यानो कपडा वितरण कार्यक्रममा पाथिभरा स्वतन्त्र महिला समाजको पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायत अन्य पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।