सिताराम चन्द्रवंशी
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र १० मा प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको ३७ औं वार्षिक साधारण सभा २०८० सम्पन्न भएको छ ।
प्रकासपुर दुग्ध उत्पादन सहकारी संस्थाको आयोजनामा गरिएको साधारण सभा कार्यक्रममा सभापतिको रुपमायस सहकारी संन्चालक समितीका अध्यक्ष हुमरजंग बस्नेत रहेका थिए ।
कार्यक्रमको उद्द्घाटन प्रमुख अतिथी र सभापतिले मौम्बत्ती बाली गरेका थिए । छात्रवृत्ति बितरणमा सहकारीको सेयर सदस्यको छोरी मिरा कट्वल र लक्ष्मी पौडेलले हात पारे भने सबै भन्दा बढि बर्सेनि रूपमा दुग्ध ल्याउन उत्कृष्ट हुनु भएका कृष्ण प्रसाद भट्टराई, डिक बहादुर घिमिरे , मोहन लाल उराँव , कविता गुरुङ र चिरञ्जीवी बन्जराले उत्कृष्ट पुरस्कार सहिद नगद हात पर्न सफल भए ।
सहकारीले दैनिक १५ सय लिटर दैनिकी रूपमा उठाउनले गर्छ । ५ सय कृषकले दैनिक दुध ल्याउछन् । यसको स्थापना बि.स २०४०मा भएको हो ।परापुर्वकाल देखिको सहकारी इतिहास हेर्दा स्थानीय कृषिकहरुको बिश्वासमा पर्न सफल सहकारी संस्था दिनप्रतिदिन आत्मानिर्भरताको बाटो तिर लम्बिरहेको छ । अहिले गाउँ गाउँमा सहकारीक घर घरमा रोजगारी सृजना भएको अवस्थ छ । सहकारीको सिद्धान्त , मुल्यमान्यतालाई अंगिकार गरि संयुक्तभावनाको बिकास गर्न अग्रसर भएको छ भनी अध्यक्ष हुमरजंग बस्नेतले बताउनु भयो ।
बराहक्षेत्र १० वडा कार्यलय तथा बराहक्षेत्र अर्थिक बिकास समितिले यस सहकारीलाई भाबी दिनमा साथ सहयोग गर्ने तात्पर्य रहने छ भनी प्रमुख अतिथि तेज बहादुर गुरुङले बताउनु भयो ।
प्रमुख अतिथिमा बराहक्षेत्र १० का वडा अध्यक्ष तेज बहादुर गुरुङ अतिथिको रूपमा संचालक समितिका सदस्य गोपाल चापागाईं नारायण बहादुर पौडेल ,टंक प्रसाद सत्याल ,तिलक बहादुर कार्की, भिम बहादुर खड्का ,इन्दिरा कटुबाल , गिता मण्डल , सल्लाहकार दामोदर काफ्ले अन्य सेयर सदस्य ,समाजसेवि , विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतक उपस्थिति रहेको थियोे ।
संस्थाको लेखा समितिको संयोजक हरिन्द्र राई ,सदस्य पुन्यप्रसाद पाण्डे रामनारायण चापागाईं रहेको छन् । कर्मचारीमा जगत बहादुर कार्की लेखापाल , मुख्य संचालक रामप्रसाद खड्का , कम्पुटरमा भिम बहादुर गुरुङ ,संन्चालकमा लोक बहादुर राई , बिक्रेता नारायण खत्री , चालक उत्तम सुब्बा र उत्पादन सहायक गोपाल तामाङ रहेको संस्थाले जनाएको छ ।


