बिराटचौक/ मोरङको सुन्दरहरैचा नगरपालिका  ४ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाईते भएका छन् । 

 शुक्रबार राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको को। २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार सुन्दरहरैचा ७ का२८ वर्षिय बिक्रम माझीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा वीपी प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक  सुन्दरहरैंचा ७ का २५ बर्षीय भुपाल मगर र  सोही मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय भिम बहादुर मगर घाइते भएका छन् । उनीहरुको  धरानमै उपचार भइरहेको छ । घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।