रामधुनी / सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम एक महिलासँग होटलबाट रंगेहात पक्राउ परेका छन् ।
शनिबार दिउँसो धरानको एक होटलबाट गौतमलाई परस्त्रीसँग रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले पुष्टि गरेका छन्
गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानकै सूचनाको आधारमा प्रहरीले वडा अध्यक्ष गौमतलाई पक्राउ गरेको हो । गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।


