विराटनगर / विराटनगर महानगरपालिका - ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको विपत् व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

विराटनगर ७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर ६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो ।

 महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने प्रतिबद्धता पनि जनाएको छ ।