मोरङ / उर्लाबारी आगलागी घटनामा परि घाईते भएका नेपाल प्रहरीका २ जना सहित ७ जना मंगलबार दिउँसो डिस्चार्ज भएका छन् भने १३ जना घाईतेहरुको उपचार भईरहेको छ ।
२१ दिन लामो उपचार ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत लेटाङ नगरपालिका-५ स्थायी ठेगाना भएका प्रहरी जवान मन बहादुर घिसिङ, शिरिचोङ गाउपालिका-१ संखुवासभा स्थायी ठेगाना भई उर्लाबारीमा कार्यरत प्रहरी जवान रिद्धि किरण राई र उर्लाबारी-७ घर भएका स्नेहा सुनचाँदी पसलका संचालक दिपक कार्की, सुजन सेन्दाङ, राजिव दियालीको डिस्चार्ज भएको घाईतेहरुको उपचारमा सहयोग गरिरहेका नेपाली कांग्रेस उर्लाबारीका नगर सचिव राजन रायमाझीले बताए ।
आज मंगलबार विहान मात्रै उर्लाबारी-७ का लालबहादुर लिम्वु र करण संग्रौला डिस्चार्ज भएका थिए । डिस्चार्ज हुनेको संख्या ७ पुगेको छ ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी -७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
घाईते बनेका मध्यें उपचारकै क्रममा ५ जनाको निधन भएको थियो भने हाल सो अस्पतालमा १३ जना घाईतेहरु उपचाररत रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।


