बेलबारी / मोरङको बेलबारी नगरपालिकाका बिभिन्न वडाहरुमा केही दिनयता हात्ती आतंकका कारण त्यस क्षेत्रका स्थानीय रातभर जाग्राम बस्न थालेका छन ।

बेलबारी नगरपालिकाको वडा नम्बर ११  लक्ष्मीमार्ग वडा नम्बर १० भाउन्ने र वडा नम्बर १ नक्सालबारीका स्थानीय हात्तीका कारण रातभर जाग्राम र दिनभर हात्ती धपाउन ब्यस्त हुन थालेका छन । पछिल्लो केहीदिनयता दैनिक रुपमा हात्तकिो बथान साँझ पर्ने बित्तिकै बस्तीमा प्रवेश गर्न थालेको छ ।

हात्ती धपाउन दैनिक बेलबारी नगरपालिकाको दमकल,प्रहरी,स्थानीय जुटने गरेका छन । हात्तीको समुहले त्यस क्षेत्रमा दैनिक क्षति पुयाईरहेको छ । किसानले लगाएको बालीनाली नष्ट गर्नुका साथै बस्तीमा हात्तीको त्रास बढेको छ । सोमबार बिहान मात्र बेलबारी १० मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भईसकेको  छ ।