उर्लाबारी /उर्लाबारी नगरपालिकाले कृषकहरुलाई अनुदानमा मकैको बीउ वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उर्लाबारी वडा नम्बर ८ र ९ को आम्बाडी मकै पकेट कृषक समूहका कृषकहरुलाई मकैको बीउ वितरण गरिएको हो ।
आज उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले मकैबाली पकेट कार्यक्रम अन्तर्गतका कृषकलाई मकैको बीउ वितरण गरेका छन् ।टिएफ ३६९ र पाइनियर ३३९६ जातको मकैको बीउ ७५२ केजी ७३ जना कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका लुइटेलले जानकारी दिए ।


