धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आग्लागी हुँदा डेड लाख बराबरको क्षति भएको छ ।

शनिवार मध्येराती वडाध्यक्ष गुरागाईको डाडाखर्क स्थितको घरमा आग्लागीको घट्ना घटेको हो तर आगो कस्ले र किन लगाएको भन्ने खुलेको छैन ।

राती १२:५८ तिर खुर्शानी डढाएको जस्तो गन्ध आएपछि उठेर हेर्दा मात्र आफुहरुले आगो लागेको थाहा भएको वडाध्यक्ष गुरागाईले वताउनु भयो ।

 छिमेकीकै सरसहयोगमा आगो निभाएको उहाँले बताउनु भयो । आग्लागीबाट भान्सा कोठामा रहेको सम्पूर्ण सामान, पाहुना कोठामा रहेको सिरक, तन्ना, डस्ना लगायतका सामाग्री जलेको उहाँको भनाई छ ।

छरछिमेक, प्रहरी सहितको उपस्थितीमा विहान घट्नाको अवलोकन गरि डेड लाख बराबरको क्षती भएको अनुमान गरिएको उहाँको भनाई छ ।IMG_20231203_172547