सुनसरी / एक्टिभ नेपालको आयोजनामा न्यायीक समितिको कार्य सम्पादन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम दुहबी नगरपालिकामा सार्वजनिक भएको छ ।
सोमबार दुहबी नगरपालिकाको भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी दुहबी नगरपालिका ,सस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्दी (A2Z) परियोजना -२ को सहयोगमा एक्टिभ नेपालको आयोजनामा दुहबी नगरपालिकाको न्यायीक समितिले गरेका कामको लेखाजोखा गरिएको हो ।
न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्रका काम समाधान गराउदै आएको अदिवक्ता विमल गौतमले जानकारी दिनुभयो । निःशुल्क कानूनी सेवा प्राप्त गर्न निवेदनका लागि कानूनी सहायता ऐनको व्यवस्था अनुसार निःशुल्क कानूनी सहायता प्राप्त गर्न आफू बसेको वडाको सिफारिस सहित आफू बसोबास गरेको वा मुद्दा गर्नु पर्ने जिल्लाको जिल्ला कानूनी सहायता समिति समक्ष निवेदन गरी अतिरिक्त यसका अतिरिक्त राष्ट्रिय महिला आयोगमा आवेदन दिन सकिने अदिवक्ता विमल अधिकारीले जानकारी दिनुभयो । ।
एक्टिभ नेपालले ७ महिनाको अवधिमा सर्वेक्षण गरेको हो । एक्टिभ नेपालले गरेको हरेक कामबाट वडा वडामा गएर वडाबासिको समस्या बुझ्दा वडाबासि खुसि भएको न्यायिक समिति सदस्य शंखर बस्नेनले बताउनुभयो ।
स्थानीयबासीले उठाएका समस्याहरू दुहबी नगरपालिकाका उप-प्रमुख मेनुका पोखरेल खतिवडाले समस्या भएका विषय बस्तु समाधान गर्ने बताउनु भएको थियो । न्यायीक समितिले निस्पक्षता पुर्ण निर्णय गर्दै आएको पनि उहाले बताउनुभयो ।
एक्टिभ नेपालले विभिन्न खाल्का सचेतनामुकल कार्यक्रम, कानूनी मेला तथा घुम्ती शिविर सञ्चालन गरेर एक्टिभ नेपालले न्यायिक समितीलाई सहयोग गरेको टिप्पणी समेत उपप्रमुख न्यायीक समितीको संयोजक खतिवडाले बताउनुभयो ।
नगरवासीमा गरेको सर्वेक्षणको नतिजा हेर्दा नगरपालिकाले न्यायनिरुपण चुस्त दुरुस्त गर्दै आएको संस्थाका कार्यकारी निर्देशक सुमन कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्षता दुहबी नगरपालिकाका उपप्रमुख न्यायीक समितीको संयोजक मेनुका पोखरेल खतिवडा, अतिथि न्यायिक समिति सदस्य ललिता चौधरी, एक्टिभ नेपालका कर्मचारी , विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानीय वासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


