सुनसरी / एक्टिभ नेपालको आयोजनामा न्यायीक समितिको कार्य सम्पादन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम बेलाका नगरपालीकामा भएको छ । 

आइतबार बेलाका नगरपालीकाको आदिवासी जनजाती महा सघको भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी बेलाका नगरपालीका सहकार्य,सस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्दी (A2Z) परियोजना -२ को सहयोगमा एक्टिभ नेपालको आयोजनामा बेलाका नगरपालीकाको न्यायीक समितिले गरेका कामको लेखाजोखा गरिएको छ । 

न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्रका काम, समाधान गराउदै आएको छ । न्यायीक समितिले निस्पक्षता पुर्ण निर्णय गर्दै आएको पनि बेलका नगरपालीकाका न्यायीक समिती सल्लाहकार सुरेन्द्र बस्नेतले दावी समेत गर्नु भएको छ । कार्यक्रमको आयोजक एक्टिभ नेपालले न्यायीक सेवा सम्वन्धमा सर्वेक्षण गरेको थियो । 

९२ जना नगरवासीमा गरेको सर्वेक्षणको नतिजा हेर्दा, बेलका नगरपालिकाले न्यायनिरुपण चुस्थ दुरुस्त गर्दै आएको एक्टिभ नेपालले जनाएको छ । उक्त कार्यक्रममा प्रश्न उत्तर कार्यक्रममा न्याकिक समितिमा सेवा ग्राहीले विभिन्न विषयमा प्रश्न उठाएका थिए । 

उक्त प्रश्न बेलका नगरपालीका नगर उपप्रमुख तथा न्यायिक समितीको समयोजक जीरा राईले प्रस्ट पार्नु भयो । कार्यक्रमकोमा प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख असोक कार्कीले पनि न्याकिक समितीलाई काम गर्न सहजीकरण गर्दै आएको बताउनु भयो । IMG-20231126-WA0003

एक्टिभ नेपालले विभिन्न खाल्का सचेतनामुकल कार्यक्रम, कानूनी मेला तथा घुम्ती शिविर सञ्चालन गरेर एक्टिभ नेपालले न्यायिक समितीलाई सहयोग गरेको टिप्पणी समेत न्यायीक समिती समयोजक राई गर्नु भयो ।  IMG-20231126-WA0008

कार्यक्रमको अध्यक्ष बेलका नगरपालीकाको उपप्रमुख न्यायीक समितीको संयोजक जीरा राईि, प्रमुख अतिथी बेलका नगरप्रमुख असोक कार्की रहेका थिए । अतिथीहरु  वडा न. २ का अध्यक्ष न्ययीक समिती सदस्य प्रम दाहाल, वडा न. ५ का अध्यक्ष न्ययीक समिती सदस्य दिपक रेग्मी, न्ययीक समिती सदस्य नानुमाया घिमिरे, अधिवक्ता बिमल गौतम, न्यायीक समिति सल्लाहकार शुरेन्द्र बस्नेत लगायत स्थानीय वासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।IMG_20231126_162257