बेलबारी / मोरङको बेलबारी नगरपालिका -१ मा किसानहरुले लगाएको धानबाली लगायत अन्य बालीनाली हात्तीको बथानले नष्ट गर्दा ठुलो क्षति भएको छ । 

पाक्न लागेको धान,केराखेती,सिमल तरुल लगायतका बालीनाली हात्तीको बथानले नष्ट गरेको छ । हात्तीले पुर्याएको क्षतिका बारेमा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) लगायत जनप्रतिनिधिहरुले अनुगमन समेत गरेका छन । 1700982834034

केहि दिनयता पुर्वोत्तर मोरङका बिभिन्न क्षेत्रमा हात्तिको हुल नै गाँउ पसेपछि स्थानिय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन ।दर्जनौ संख्यामा रहेको  हात्तिको हुल बेलबारी,लेटाङ,केराबारीको जंगल नजिकको वस्तीमा पसेको हो । हात्तीको संख्या २२ वटा बढी रहेको स्थानीय बताउँछन ।बेलबारीको सुचना