इटहरी / रोटरी  क्लब अफ इटहरी र रोटर्याक्ट क्लब अफ क्लब अफ इटहरी, रोटर्याक्ट क्लब अफ क्लब अफ सुनसरी, रोटर्याक्ट क्लब अफ क्लब अफ सुन्दहरैंचाको संयुक्त आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

इटहरीमा आज बिहान रोटरी क्लब अफ इटहरी , रोटर्याक्ट क्लब अफ इटहरी , रोटर्याक्ट क्लब अफ सुन्दहरैंचाको , रोटर्याक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा रोट्रयाक्ट स्व. सचिनको १० औं स्मृति दिवशमा  गरिएको रक्तदान शिविरमा ५५ जना बढीले रक्तदान गरेका छन् ।  रोट्रयाक्ट क्लबले आज देशैभर ३५ ठाउँमा सचिन मेमोरियलको सम्झनामा रगत संकलन गरेको छ ।

रक्तदान जीवनदान भन्ने कुरालाई ध्यानमा राखी क्लबले रक्तदानलाई निरन्तरता दिने लक्ष्य राखेको रोटरी क्लब अफ इटहरीका प्रसिडेन्ट माधव न्यौपानेले बताउनुभयो ।सचिन मेमोरियलको सम्झनामा पछिल्लो समय दुर्घटना हुने गरेकाले रगत आवश्यक पर्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो।

IMG_20231125_095617

नेपाल रेडक्रस सोसाइटी धरानले प्राविधिक गरेको थियो ।  रक्तदान गर्नेलाई क्लबले प्रमाणपत्र समेत वितरण गरेको छ । इटहरी उपमहानगरपालिका , आकाश इन्सिचियुट इटहरी , एक्सपर्ट एजुकेसन इटहरी साथै इटहरीका विभिन्न निजि तथा सरकारी विद्यालयका प्रतिनिधि , विभिन्न संघ संस्थाका व्यक्ति , स्थानीयको सहकार्यमा रक्तदान गरेको रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष  मिसन पराजुलीले बताउनुभयो।

जटिल खालका रोग लागेका र औषधि सेवन गरिरहेका, असुरक्षित यौन व्यवहारमा लागेका ,लागु पदार्थ दुर्व्यसनीमा लागेकाले रक्तदान गर्ने सक्दैन् ।

IMG_20231125_095711

रोटरी क्लबले सेवाका अवसरहरूको पहिचानमा विकास गर्नु, व्यवसाय र पेशामा वृहत् नैतिक स्तर, सबै उपयुक्त व्यवसाय र पेशाको सम्मान गर्नु र प्रत्येक रोटरियनको पेशालाई समुदायमा सेवा प्रदान गर्न महत्त्व दिने, सेवाको विचारलाई रोटरियनहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक जीवनमा परिचालन गराउने, व्यवसायिक र पेशागत व्यक्तिहरूको सङ्गठित विश्व भाइचाराद्वारा अन्तर्राष्ट्रिय समझदारी र शान्तिमार्फत सेवाको भावनालाई वृद्धि गराउने उदेश्य रहेको ले यस्ता सामाजिक कार्यमा रोटरी सधैं अग्रपंक्तिमा रहने रोटरियन प्रेसिडेन्ट नोमिनि कृष्ण राज श्रेष्ठले बताउनुभयो।

IMG_20231125_095429