ताप्लेजुङ / ताप्लेजुङमा तीन दिने आँखा सिविर हुदै छ ।

ताप्लेजुङको डिचेन डोङगला आखा उपचार केन्द्रमा यहीँ मंसिर १० गते देखि १२ गते सम्म ३ दिने आँखा शिविर संचालन हुने भएको छ ।  राम प्रसाद पोख्रेल आँखा अस्पतालको प्राविधीक सहयोगमा शिविर हुन लागेको हो ।

शिविरमा छनौट भएका मोती विन्दुका विरामीलाई निःशुल्क अप्रेशन तथा औषधीको ब्यवस्था गरिने भएकोछ । नेपाल नेत्र ज्योती संघ ताप्लेजुङ , सेवा फाउन्डेसन काठमाडौ , फुङलिङ नगरपालिकाले आयोजना गरेको हो । डिचेन डोङगला आखा उपचार केन्द्रले आँखाका विरामीले समयमा नै नाम दर्ता गर्न आग्रह गरेकोछ ।