इटहरी / प्रदेश एकलाइ मात्र नभइ सिंगो मुलुकलाइ सडक मानव मुक्त बनाउने अभियानमा दौडिएको र अशक्त ,असहाय ब्याक्तिहरूलाइ साहारा दिदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले बिहीबार ७ औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरिएको छ ।

संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल अध्यक्षतामा ७ औं वार्षिक साधारण सभा गरिएको छ । सो साधारण सभामा प्रतिनिधि सभा सदस्य कल्पना चौधरी , कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ , इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली ,इटहरी २ का वडा अध्यक्ष माधव कोइराला , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख टेकबहादुर कार्की लगाएतले माया घर नेपाललाई आ-आफ्नो सर सहयोग गर्ने बताए ।

उहाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले  लेखा तथा नितिमा गुरु योजना निर्माण , आम्दानी तथा खर्च हिसाब , स्थिर सम्पत्तिको हासकट्ट , जगेडाकोष तथा अन्य कोषहरू रहेको बताउनु भयो । माया घर नेपालको आर्थिक वर्ष २०७९/८० को दायित्वमा जम्मा २ करोड बढी रकम रहेको छ ।

 गत असार मसान्तसम्मको संस्थामा आश्रुतहरुमा माया घरमा आएर मृत्यु हुने सख्या १३ जना, तत्काल माया घरमा भएको मख्या ११५ जना,जेष्ठ नागरीक ७५ जना ,बाललिका १४ जना ,अपांग १३ जना , युवा २६ जना, विद्यालय पढ्न जाने ९ जना, एक छाक खाना खुवाउने निकाय १५० जना (नगद तथा सामान महित), एक छाक खाजा खुवाउने निकाय ११ जना रहेका छन् ।IMG_20231123_172411

माया घर नेपाल इटहरीलाई विभिन्न संघ संस्थाका , विभिन्न दलका प्रतिनिधि , स्थानीय निकाय , जिम्मेवार व्यक्ति , समाजका व्यक्ति प्रतिनिधि लगाएत व्यक्तिहरूले खाद्यान्न सामाग्री , लत्ताकपडा खानेकुरा , फलफूलहरू लगाएत खानेकुरा दिएर माया घर नेपाल चलिरहेको अध्यक्ष प्याकुरेलले बताउनु भयो । 


माया घर नेपालको एक इटा अभियान अन्तर्गत भवन निर्माणमा सहिभाता अभियान चलिरहेको छ । यस संस्थाले आर्थिक वर्षमा करिव ९ सय जनाको पुनस्थापना तथा समन्वय गरिएको छ । विभिन्न संघसंस्था तथा स्थानीय तहबाट विभिन्न संकटको जीवन विताइ रहेका तथा सडक मानवहरु समेत सिफरीय भई ल्याइएका आश्रुतहरुलाई संरक्षण गरिएको छ ।

सडक मानवहरुको स्थायीत्वपूर्ण पारीवारीक पुनरमिलन समाजमा रहेका आर्थिक, सामाजिक, सास्कृतिक र राजनीतिक भेदभावहरु र असमानताको अन्त्य गरि लोकतान्त्रिक, न्यायपूर्ण र मुशासित समाजको निमाण गर्दै नागरिकको आत्मसम्मानका साथ बाच्न पाउने अधिकारपुर्ण समाजको स्थापना नै संस्थाको लक्ष हुने संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेले बताउनु भयो ।IMG_20231123_134024