दिपक प्रसाद पौडेलको छैठौं पुस्तक "जीवन यात्रा र अनुभूति" प्रकाशन भएको छ ।
(संस्मरण ) ७ खण्ड मा ३४ वटा लेख र तस्बिरहरू समाबेस भएको पुस्तक २२४ पृष्ठ काे रहेको छ ।
२०७९ मा छपाइ कार्य सम्पन्न भएर २०७९ पुस २५ गते आफ्नो जन्मदिनम बिमाेचन / सार्वजनिक गर्ने तयारी भए पनि २०७९ पुस ०२ गते ममतामयी माता बिष्णु कुमारी पाैडेल स्वर्गीय हुनुभएकोले, माताकाे बार्षिक कार्य सम्पन्न पछी ,पुस्तक सार्वजनिक गरेर सहयाेगी, इष्टमित्र, साथीहरूलाई उपलब्ध गराउने इच्छा राखेको। तर २०८०/०७/०९ गते पिता बिष्षु प्रसाद पाैडेल समेत स्वर्गीय हुनुभएकोले हाम्रो दुखकाे याे समयमा पुस्तक बिमाेचन/ सार्वजनिक कार्यक्रम गर्न उपयुक्त नठानेर आमाकाे बार्षिकी २०८०पुस २० गते सबै स्वजन,इष्टमित्र अाफन्त दाजुभाइ , साथी सहयाेगी हरुलाइ उपलब्ध गराउने दिपक प्रसाद पौडेलले बताउनुभयो ।
"अामाकाे काख छुटेपछि " माता स्मृति ग्रन्थ तयारी गरिसकेको थिए।याे कार्य पनि अब एकबर्ष पछी पिताकाे बार्षिक काे दिन मातापिताको स्मृतिमा एउटै पुस्तक लेखन गर्दै छु।अन्य केहि पुस्तक लेखनमाअग्रजहरुलाइ सहयाेय गरीरहेकाे छु भन्दै एक बर्ष पहिलै छपाइ सकेकाे मेरा पुस्तक हजुरहरु लाई उपलब्ध गराउने वाचा गर्दै प्रकाशनमा सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद सहित बिगतमा जस्तै अागामी दिनमा समेत याहाँहरुमा माया सहयाेग पाउने अाशा र बिश्वास गरेको बताउनुभयो । दिपक प्रसाद पौडेल 'पौडेल वंश महासंघ नेपालको उपाध्यक्ष हुनुहुन्छ उहांको सम्पर्क
नम्बर ९८४१४२६६८७ रहेको छ ।


