इटहरी/ मालिका बचत तथा ऋण सहकारीले १३औँ साधारणसभा सम्पन्न गरेको छ ।
इटहरी स्थित गंगा जमुना पार्टी प्यालेसमा आयोजिक कार्यक्रम मालिका बचत तथा ऋण सहकारीका अध्यक्ष नबिन गिरी को सभापतित्व तथा इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य साथै इटहरी उपमहानगरपालिका सहकारी साखा प्रमुख बाल कुमार पोख्रेल र जिल्ला सहकारी संघ सुनसरी अध्यक्ष गंगा दाहाल को विशेष आतिथ्यमा सहकारीको साधारणसभा गरिएको हो । 
Screenshot_2023_1121_142733

कार्यक्रम सन्चालन सस्थाका सचिब कपिल घिमिरेले गरेका थिए । कार्यक्रममा अतिथिहरु अडिटर दुर्गा प्रसाद पोखरेल, अभियन्ता टोल बिकास सस्थाका अध्यक्ष गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थियो।
IMG_20231121_135927 1
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जितेन्द्र थापाले सहकारीले सानो कर्जा उपयोग गर्नेलाई  सजिलो भएको बताउँदै  सानो उद्योग व्यवसायीले  कर्जा लिन जाने ठाउँ नै सहकारी भएकोले सहकारीमा आबद्ध भएर पुँजी निर्माण गर्न आग्रह गरे । 
IMG_20231121_140005
त्यस्तै कार्यक्रममा उपहानगरका सहकारी साखा प्रमुख बाल कुमार पोख्रेलले सहकारी संस्थाहरुले ऐन, नियम र मापदण्ड कायम गर्नुपर्नेमा जोड दिदै वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि भए पनि गुणस्तरीय वृद्धि हुन नसकेको टिप्पणी गरे ।
Screenshot_20231121_143523
उनले सहकारीप्रतिको दृष्टिकोण नकारात्मक देखिएको बताउँदै सहकारीका सेयर सदस्यहरु मालिक र सेवाग्राही दुवै भएकाले सहकारीमा बचत गर्न सहज हुने बताए । 
IMG_20231121_132143
संस्था सस्थापक अध्यक्ष तथा सल्लाहकार समिति संयोजक लक्ष्मी प्रसाद भारतीले नियमसंगत समावेशीतालाई टिमले समेट्न सकेकाले संस्था  रोल मोडेल बन्न सफल भएको बताए । कार्यक्रममा संस्थाको विकासमा सहयोग पुर्याउने  सेयरसदस्य उत्कृष्ट बचत कर्ता कृष्ण बहादुर लिम्बु, एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई सम्मान नोबेल भारति, उत्कृष्ट बाल बचत कर्ता प्रयास मिश्र, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता मनमाया पुरी उत्कृष्ट ऋणीमा जित बहादुर थापा उत्कृष्ट बजार प्रतिनिधि बिमला ओझालाइ सम्मान गरिएको थियो ।
IMG_20231121_135917
संस्थाले बाह्र वर्षको अवधिमा  १ करोड ६२ लाख  ३७ हजार सेयर पुँजी र निक्षेप संकलन ४,२३,९३,८४८, ऋण लगानी १ करोड ६५ लाख १५ हजार र स्थित सम्पत्ति ४८,७४,४३६ भएको बताएको छ । संस्थाले सेयरपुँजी वृद्धि गरी १ करोड ७७ लाख  पुर्याउने  योजना रहेको अध्यक्ष नविन गिरीले बताए। 
कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।