इटहरी / राष्ट्रिय जागृति क्लव इटहरीको आयोजना नगर स्तरीय लोक नृत्य प्रतियोगिताको कार्यक्रम गरिएको छ ।
शुभदिपावली तथा छठ पर्व लगायत चाडपर्वहरुको अवसर पारेर राजा क्लल इटहरीले आयोजना गरेको नगर स्तरीय लोक नृत्य प्रतियोगिताको अवसर पारेर बरिष्ठ गायक तथा संगीतकार थुलुङ लगायतलाई सम्मान गरिएको थियोे ।
प्रतियोगितामा कोशी सेन्टजेम्स सेकेण्डरी स्कुल प्रथम भएकोमा २० हजार पुरस्कार , पिसजोन सेकेण्डरी स्कुल दोस्रो भएको १५ हजार पुरस्कार , इटहरी मोडल सेकेण्डरी स्कुल तृतिय भएकोमा १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको हो । लोक नृत्य रनिङशिल्ड प्रतियोगिताका प्रतिस्र्पधीहरुले मारुनी , पौडा, साकेला , घुम्रा , लगायतका जातिय तथा लोपोन्मुख बन्दै आएका नृत्य प्रस्तुत गरेरका थिए ।
राजा क्लवले शैक्षिक क्षेत्रका महत्वपुर्ण योगदान गरेको भन्दै जिवछ सरदार , क्लवका पुर्व अध्यक्ष संजीव ढुंगाना , पत्रकार भुमिका पाख्रिन , क्रिकेटर समिर तिम्सीना , फुलवलर सृजल राई बाल गायक रिजन डाँगी लगायतलाई समेत सम्मान गरेको छ ।
क्लवका अध्यक्ष सन्त वहादुर डुम्जनको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा नगर स्तरीय लोक नृत्य प्रतियोगितामा विजयी विद्यालयहरुलाई समेत पुरस्कृत गरिएको थियोे । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल , वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको छ ।



