भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा वडामा सर्वपक्ष भेला गरिएको छ ।

गत २१ गते अज्ञात समुहले राती कार्यालय भित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएका थिए । अज्ञात समूहले कार्यालयको मुल गेटको ताला फुटाएर कार्यालयको सामग्री तोडफोड गरेपछि  वडा नम्बर १ श्यामशिलाको वडा कार्यालय तोडफोड भएको विषयमा वडामा सर्वपक्ष भेला गरिएको छ ।

सार्वजनिक कार्यालय तोडफोडले आतङ्क सृजना भएकाले दोषी पत्ता लगाएर कडा कारवाहीको लागि स्थानीयले सरकारसँग गरेका छन् । 

दोषीको खोजीको लागि स्थानीय जनताले पनि सहयोग गर्ने प्रतिवद्धता रहेको छ। दोषी जो कोहि भएपनि कुनै पनि राजनितिक तथा अन्य पक्षबाट संरक्षण गर्न नहुने स्थानीयको भनाइ छ । वडा कार्यालयमा तोडफोड भएको विषय सरकार गम्भिर हुनु पर्ने वडाध्यक्ष राजेन्द्र तामाङले बताए । 

अपराधीको खोजीको लागि स्थानीय तर्फबाट पनि सहयोग गर्नु पर्ने पूर्व वडाध्यक्ष जितेन्द्र राईले बताए । अभिभावकहरुले आफ्ना छोरा छोरीको गतिविधि नियाल्न आवश्यक रहेको उनको भनाइ छ ।  कार्यालयमा रु. एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए ।