सुनसरी / उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल र एलपी ग्यासमा बढेर आएको नयाँ मूल्य नबढाई यथावत राख्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। 

भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मूल्यअनुसार डिजेलमा ३ रुपैयाँ ६३ पैसा घटेको र ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा बढेर आएको थियो। 

उपोभोक्तालाई मूल्यवृद्धिको भार बढिरहेको भन्दै मन्त्री रिजालले ग्यास र पेट्रोलमा बढेर आएको मूल्य नबढाई यथावत राख्न र डिजेलमा घटेर आएको मूल्य घटाउन निगमलाई निर्देशन दिएका हुन्।