सुनसरी / दशैं बिदामा घर गएकाहरू कार्यथलो फर्किन थालेका छन् ।
बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहल बढ्न थालेको छ । त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।
शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।घरबाट फर्किनेहरू बढेपछि सुनसरी इटहरी चोक र बसपार्क , सुनसरीबा विभिन्न बजारमा भिडभाड छ । आज इटहरीका सडकमा सवारीसाधन चहलपहल बाक्लो देखिएको थियोे ।
सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो । शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।


