सन्जिप तिम्सिना
सुनसरी / दसैँमा गाउँ जाने मानिसको संख्या बढ्दै गएपछि इटहरी सुनसान देखिएका छन्।
दसैँको अष्टमीमा केही चहलपहल देखिए पनि नवमका दिन इटहरीमा मानिसको चहलपहल न्यून देखिएको छ । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् ।
इटहरीमा मानिसहरुको खचाखच हुने न्युरोड हङकङ मार्केट , संगित चोक, पुर्व लाइन ,पश्चिम लाइन, विराटनगर लाइन लगायतका ठाउँहरुमा पसलहरु बन्द छन् । चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।
दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरी इटहरीले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।


