महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरी, दलित समाज उत्थान समिति नेपाल र राष्ट्रिय अन्तर धार्मिक संजालद्वारा महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजनार धार्मिक मूल्य मान्यताप्रति बहुधार्मिक संस्थाहरुको प्रशंसनीय प्रतिक्रिया परियाजनाको स्थानीय तह परियोजना सल्लाहकार समितिको बैठक कार्तिक २ गते सम्सी गाउँपालिकामा सम्पन्न भएको छ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा तीन वटै संस्थाद्वारा आर्थिक वर्ष सन् २०२३ मा संचालन भएका क्रियाकलापहरुको प्रस्तुतिकरण गर्दै आगामी आर्थिक वर्ष सन् २०२४ मा संचालन हुने क्रियाकलापको बारेमा जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवले परियोजनाले लक्षित गरेको अति जोखिम तथा सिमान्तकृत वर्गको उत्थान र सशक्तिकरणमा भूमिका खेल्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम व्यवस्थापक कुमार भण्डारीले पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, दलित समाज उत्थान समिति नेपालका परियोजना संयोजक श्याम कुमार साहले बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना र राष्ट्रिय अन्तर धार्मिक संजालका आशिष चौधरीले धार्मिक मूल्य मान्यताप्रति बहुधार्मिक संस्थाहरुको प्रशंसनीय प्रतिक्रिया परियोजनाको क्रियाकलापको विस्तृत विवरण, क्रियाकलाप, बजे विवरण प्रस्तुतिकरण गर्नु भएको थियो ।

सम्सी गाउँपालिकाका अध्यक्ष रायनाथ यादवको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा वडा नं. ५ का अध्यक्ष कैलाश कुमार यादव लगायतका महानुभावले आफ्नो मन्तब्य राख्नुभएको थियो भने एकिकृत ग्रामिण विकास समाजका निवर्तमान सचिव उमेश न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।