इटहरी / नेपाल मानवधर्म सेवा समिति कोशी इटहरी आश्रमले दशै तिहार नेपाल संवत तथा छठ पर्व २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेनानी योग्यराज कट्वाल,स.प्र.उ. लोकेन्द्र सुवेदी, प्र.ना.नि. होम प्रसाद खनालका साथै व्यवसायि बिनोद ओली, खेमराज घिमिरे, घनस्याम कार्की, कृष्ण बिष्ट लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, ब्यवसायी साथै भक्तजनहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमा नेपाल मानवधर्म सेवा समिति कोशी क्षेत्र इटहरी आश्रम प्रमुख नन्दनी बाइजिले उपस्थित सम्पूर्णलाई शुभकामना तथा धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

दशैं तिहार नेपाल संवत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्पूर्ण प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथि सबैले आ-आफ्नो शुभकामना मन्तव्य राख्नु भएको नेपाल मानवधर्म सेवा समिति कोशी क्षेत्र इटहरी सचिब कबिराज अधिकारीले बताउनुभयो ।


