सुनसरी / उद्योग वाणिज्य संघ इटहरी परिसरमा आउदै गरेका चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उध्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम उध्योग वाणिज्य संघ इटहरी र युवा उद्यमी मन्च सुनसरी (NYEF) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पान्डे, उधोग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष भिम पौडेल, कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख सरोज पौडेल, उद्यमी मन्च सुनसरी अध्यक्ष चन्द्र देवकोटा लगायत उद्धमि ब्यवसायीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख पौडेलले व्यापारीहरूले पछिल्लो समयको आर्थिक बन्दिको समस्या समाधान गर्न लागि पर्ने बताउनुभयो । उहांले नजिकिदै गरेको नेपालीहरूको महान चाँड दशैं, तिहार र छठ पर्वको लगाएतको चार्ड पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षक पराजुलीले शुभकामना मन्तव्य दिदै आफ्नो नेतृत्व टीमले गरेका कामको बारेमा जानकारि दिदै व्यापारीहरूको पछिल्लो समयको समस्या बुझ्दै , चार्ड पर्वलाई मर्यादित भएर मनाउन आग्रह गर्नुभयो ।



