इटहरी / इटहरीमा सेभेन स्टार क्लबले भोलि खुला दौड प्रतियोगिता गर्ने भएको छ ।

युथ ओपन सिक्स के रन नाम दिइएको प्रतियोगितामा महिला र पुरुष प्रतियोगिहरु सहभागि हुने प्रतियोगिताअन्तर्गत लविपुर चोकदेखि इटहरी गोल चोकसम्म र इटहरी गोल चोकदेखि पुनः लविपुर चोकसम्म सहभागिहरु दौडनेछन् । 

विजेतालाई प्रथम पुरस्कार पुरुष विधा तर्फ नगद रु ६००० मैडल तथा प्रमाण पत्र ,द्वितिय पुरस्कार पुरुष विधा तर्फ नगद रु ४००० मैडल तथा प्रमाण पत्र, तृतीय पुरस्कार पुरुष विधा तर्फ नगद रु २००० मैडल तथा प्रमाण पत्र ,पाचौँ पुरस्कार पुरुष विधा तर्फ नगद रु १००० मैडल तथा प्रमाण पत्र, प्रथम पुरस्कार महिला विधा तर्फ नगद रु ६०००मैडल तथा प्रमाण पत्र, द्वितिय पुरस्कार महिला विधा तर्फ नगद रु ४०००मैडल तथा प्रमाण पत्र, तृतीय पुरस्कार महिला विधा तर्फ नगद रु २००० मैडल तथा प्रमाण पत्र,चौथो पुरस्कार महिला विधा तर्फ नगद रु १००० मैडल तथा प्रमाण पत्र, पाचौँ पुरस्कार महिला विधा तर्फ नगद रु १००० मैडल तथा प्रमाण पत्र दिइने क्लबका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । दौड प्रतियोगिता भने पहिलो पटक आयोजना गर्न लागेको उनले बताए ।

वि.सं. २०६० सालमा सेभेन स्टार क्रिकेट क्लवका रुपमा स्थापना भई खेल प्रतियोगिता क्रमश पहिलो- एस. एस. सी. सी. कप क्रिकेट प्रतियोगिता, दास्रो राजन नवराज मेमोरियल कप, तेस्रो- राजन नवराज प्रकाश मेमोरियल कप क्रिकेट प्रतियोगिताहरु आयोजना गर्दै र विभिन्न क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउदै तथा अन्य सामाजिक गतिविधीहरुलाई अगाडी बढाउदै, वि.सं. २०७० सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा यस क्लवलाई विधिवत रुपमा दर्ता गरिएको अध्यक्ष बताए ।

यस्तै क्लबले यसबाहेक दुर्गा पुजा, तिज विशेष कार्यक्रम, जितिया विशेष कार्यक्रम, सरसफाई तथा वातावरण संरक्षण कार्यक्रम, तिहार विशेष सामुहिक देउसी तथा विविध साँस्कृतिक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

वि.सं.२०७० सालको तिहार देखी सामुहिक द्यौसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रम हालसम्म पनि नियमित रुपमा सञ्चालन भइरहेको छ । जसमा स्थानिय कलाकारहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुदै आईरहेको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले तिहारको रमाइलो स्थानिय स्तरमा थपेको छ ।

यस क्लवद्वारा आयोजना गर्ने कार्यक्रमहरु मार्फत व्यवसायिक संस्थाहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर प्राप्त हुदै, व्यवसायको प्रर्वधन गर्दै आएको अध्यक्ष पौडेलले बताए ।