इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० कार्यालय तरहराको दशैँ तिहार तथा छैठ पर्वको अवसर पारेर बिभिन्न जात जातिको मौलिक परम्परा झल्किने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


वडा कार्यालयसँगै मंगलबार आयोजना भएको भव्य कार्यक्रममा अनेकतामा एकता झल्किने गरी बिभिन्न जात जातिका झाँकि सहिहको आफ्नो पहिचान झल्किने प्रस्तुतीले गरिएको थियोे ।इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम भएको हो । 


प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी उपस्थित भएकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले गत बर्षबाट वडा नम्बर २० ले सुरु गरेको अनेकतामा एकता वडा नम्बर २० को विशेषता नारा दिइएको कार्यक्रम ऐतिहासिक भएको भन्दै अन्य वडाले पनि यस्ता कार्यक्रमको सिको गर्नुपर्ने भनाई राखेकी थिइन्।

IMG_20231017_215035

कार्यक्रममा ब्रहमाण समाजको झाँकि,नेपाल मगर संघको हुर्रा नाच,तामाङ्ग घेदुगंको सेलो डम्फु, सयुक्त खस क्षेत्रीको हुर्केली नृत्य,नेपाल दशनामी समाजको संगिनी नृत्य,गुरुगं बौद्ध गुम्बा तमु सेवा समितिको घाटु नृत्य, किराँत याक्थुङ चुम्लुङको केलागं नृत्य तथा थारु कल्याणकारिणी को धुम्राहा नाच प्रस्तुत गरिएको थियो भने नेवा खलको लाखे नाच र किराँत राई यायोक्खाको चण्डी नाच प्रस्तुत गरिएको थियो ।


सोहि कार्यक्रमको अवसर पारेर तरहराकै बासि हाल अमेरिका बसोबास गर्ने सुमन दाहाललाई इटहरी उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले सम्मान गरेको थियो । सो कार्यक्रममा २५ जना बढी विभिन्न पद विद्वान , विभिन्न संघ संस्थाका व्यक्तिलाई सम्मान गरिएको थियोे ।IMG-20231017-WA0031


 कार्यक्रममा इटहरी २० का वडा सदस्य तनुज गुरूङ (सुरेश) कार्यक्रम  संयोजक बहादुर तामाङ ,जिल्ला समन्वय समिति सदस्य कुमारी वि.क., सम्मानित व्यक्तित्व स्रष्टा सुमन दाहाल, नेपाली कांग्रेस सभापती अजुन बस्नेत, माओवादी केन्द्र अध्यक्ष नवराज मैनाली,राष्ट्रिय स्वतन्त्र पाटी अध्यक्ष राजन कटुवाल,ने. क. पा. एमालेका अध्यक्ष राजेन्द्र कटुवाल र विभिन्न जातजाति संघ संस्थाका प्रतिनिधि स्थानीय लगाएतको सहभागी रहेको थियोे ।IMG-20231017-WA0032