इटहरी / इटहरी मेट्रीक्सको १४ औँ साधारण सभाबाट अध्यक्षमा कलाकार विक्रम श्री निर्वाचित भएका छन् ।
आगामी चार वर्षका लागि कलाकार विक्रम श्रीको अध्यक्षता चयन गरि कार्य समिति बनेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा उर्मिला कोइराला , सचिव ज्ञानेन्द्रकुमार दाहाल , कोषाध्यक्ष कविता लम्साल सहसचिव गोपाल देवान रहेका छन भने सदस्यहरुमा शोभितमान बस्नेत , आइपी भट्टराई , ध्रुवकला राई र प्रेम तुम्वापो चयन भएका छन ।
अधिवेशनले चयन गरेको कार्य समितिलाई निर्वाचन समितिका संयोजक जगदिश प्रसाद सापकोटाले पदस्थापना गराएका थिए । निर्वाचन समितिमा चक्रवहादुर थापा र मेधराज तिम्सिना सदस्य रहेका थिए ।
मौलिकता र कला संस्कृतिका कुराहरु उठान गर्दै आएको र लतितकलाका क्षेत्रमा विशेष योगदान गर्दै आएको इटहरी मेट्रिक्सले आगामी दिनमा ललितकलाका साथै अन्य क्षेत्रहरुमा समेत काम गर्ने अध्यक्ष विक्रम श्रीले जानकारी दिए । अध्यक्ष विक्रम श्रीले कृति ,प्रकृति र संस्कृतिको संगम स्थल भनिएको इटहरी मेट्रिक्सलाई सो अनुसार अघि वढाउन काम अहिलेको कार्य समिति लागि परिरहने समेत वताए ।


