सुनसरी / इटहरीको नेपाल डिबिएम ग्लोबल एकेडेमीका विद्यार्थीले नेपालको पहिलो स्काउट दीक्षान्त समारोह पाएका छन् ।
आइतबार इटहरीको डिभिएम स्कुलमा एक कार्यक्रम आयोजना गरि नेपाल डिबिएम ग्लोबल एकेडेमीका विद्यार्थीलाई नेपाल स्काउटलको पहिलो दीक्षान्त समारोह गरिएको छ । विद्यार्थीहरूलाई तीन महिना तालिम गराएर सैद्धान्तिक र व्यावहारिक पक्षको ज्ञान सिकाएर कक्षा ५ देखि ८ सम्मका ५२ जना विद्यार्थीहरूले पहिलो दीक्षान्त समारोह पाएका हुन् ।
नेपाल दयान्नद वैदिक सिसन ग्लोबल एकेडेमी ट्रुपको नामबाट ब्याज लगाएर सदस्यता लिएका डिबिएम स्कुलका प्रधानध्यापक बेनु सिटौलाले बताए । नेपाल स्काउटको सदस्यता र विश्व स्काउटको सदस्यता समेत प्राप्त गरेका उनले बताए । उनीहरूको व्यवहारीक पक्षलाई कसरी सहज र सरल बनाउने भनेर स्काउट समारोह गरिएको उनले बताए । यस स्काउट लिए पछि उनीहरूलाई थप ज्ञान उर्जा बढ्ने समेत जिकिर गरे ।
समारोहको प्रमुख अतिथिमा स्काउट कोशी प्रदेश सदस्य , सदस्यता वृद्धि संयोजक हेमन्त भण्डारी,विशिष्ट अतिथिमा डिभिएम स्कुलका अध्यक्ष धुर्ब कुमार सुब्बा, नेपाल दयान्नद वैदिक सिसन ग्लोबल एकेडेमीका उपाध्यक्ष इश्वरी पराजुली , डिभिएम स्कुलका प्रबन्धक सञ्चालक राजेश खनाल , सञ्चालन समितिका अध्यक्ष सुर्यराय माझि , डिभिएम स्कुल सञ्चालक समितिका सदस्य खगेन्द्र विमली , स्काउटका प्रतिनिधि लगाएतको सहभागी रहेको थियो ।



