इटहरी / इटहरी - ९ मा रहेको आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगरपालिका समिती को ८ औं अधिवेशन सम्पन्न भएको छ ।

आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगरपालिका समितीले आफ्नो ८ औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कमल राना मगर ज्यु रहनु भयेको  थियो । 

८ औं अधिवेशनको नयाँ कार्यसमितिमा आदिवासी जनजाति युवा महासंघ नेपाल उपमहानगर समिति इटहरीको  रोशन श्रेष्ठ अध्यक्ष मा  चयन हुनु भयेको  छ । 

उपाध्यक्ष विशन राई, महिला उपाध्यक्ष सोनु नेम्वाङ, सचिव विष्णु श्रेष्ठ , सह-सचिव :आरती चौधरी ,कोषाध्यक्ष आरती वात्पाङ राई, सदस्य :सरिना योन्जना ,निकेश माझी गरि १५ जनाको नयाँ कार्यसमिति भएको निवर्तमान सचिव विष्णु श्रेष्ठले जानकारी दिनु भयेको थियो ।

उक्त कार्यक्रमको सभाध्यक्ष कमल बहादुर राना मगर रहनुभएको  थियो । प्रमुख अतिथि आदिवासी, जनजाति युवा महासघ, नेपाल, संघीय सचिब महेश्वर लिम्बू, विशेष अतिथि चिरहाङ राई, टार्जन सुनुवार,छिरिङ शेर्पा , अतिथि दिलु सुनुवार, खगेन्द्र राई र एकल जातिय संस्था बाट आउनु भयेको  प्रतिनिधि लगायतको सहभागी रहनु भयेको थियोे ।