इटहरी / उदगम बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न
भएको छ ।

इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकृष्ण पोखरेललको प्रमुख आथित्यातामा साधारणसभा सुरू भएको थियोे ।

संस्थाको १२ औँ वार्षिक साधारण सभामा लक्ष्मी प्रसाद लिम्बू , तोत्र कुमारी खनाल , कमल बहादुर श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान , उत्कृष्ट उपसमिति संयोजकमा भरत खड्का , उत्कृष्ट सदस्यता वृद्धि मा सम्मान मिलन त्रिताल , उत्कृष्ट एस.इ.ई मा २  जना र उत्कृष्ट +२ मा २ जना लाई सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन त्रितालले जानकारी दिए ।

यस संस्थाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी १६,१५०,०१४.७३ , कुल खर्च १२,०००,३८२.५७, खुद नाफा ४,१४९,६३२.१६ गरेको छ ।IMG_20231014_122826

आ.व २०७९/८० को अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत , कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत, सचिवको प्रतिवेदन प्रस्तुत, छलफल तथा अनुमोदन , लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,आ.व. २०७९/८० को लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत, आ.व.२०८०/८१ को लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक,विनियम पुनः लेखन तथा संसोधन, निति संशोधन तथा कार्यविधि निर्माण लगाएतको विषयमा साधारणसभामा छलफल भएको थियोे ।

संस्थाको वार्षिक साधारणसभा संस्थाका  उपाध्यक्ष भरत खड्का , सचिब दामोदर रिमाल, कोषाध्यक्ष भुपाल थापा , सदस्य बद्री कुमार प्रधान , अमर बहादुर कुँवर , कल्पना खत्री,भानुभक्त थापा र संयोजक मिनबहादुर मगर सेयर सदस्य लगाएतको उपस्थिति रहेको थियोे ।IMG_20231014_123802