इटहरी / इटहरी ५ स्थित रक्तमाला खेल मैदानमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।

दशै तिहारलाई लक्षित गरेर हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल भन्ने मेल नाराका साथ इटहरीको डेर ड्रिम सोसाइटीको आयोजनामा आजदेखि कात्तिक ४ गते सम्म शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।


  शनिबारको पहिलो खेलमा सिमरबना फुटबल टोल , रामजानकी फुटबल टोलको प्रतियोगितामा रामजानकीले १ गोल प्रहार गरेर सिमरबना फुटबल टोललाई हराएको थियोे ।

आयोजकका अध्यक्ष सरोज श्रेष्ठका अनुसार पहिलो पुरस्कार ५० हजार , दोस्रो ३० हजार पुरस्कार सहित ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ ।

खेलको प्रमुख अतिथि इटहरी ५ का वडा अध्यक्ष भिस्म कुमार घिमिरे, विशिष्ट अतिथिमा नेपाली काग्रेस कोशी प्रदेश युवा तथा खेलकुद प्रमुख सूर्य राई ,कार्यक्रम संयोजक अदव वान्तवा र खेलाडी , विभिन्न टोल विकास संस्थाका प्रतिनिधि स्थानीय लगाएतको सहभागी रहेको थियोे । कार्यक्रम उद्घोषक रविन थापा मगर , सङ्गिना राईले गरेका थिए । खेलको मुख्य प्रायोजक के.बि यामफु कन्ट्रक्सन एण्ड सप्लासर्स प्रा.लिले गरेको थियोे ।