पथरी / चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

उपभोक्ताको हक-अधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्रधन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिएको हो।

अनुगमन समितिकी संयोजक उपप्रमुख देवीमाया काफ्लेको नेतृत्वमा रहेको टोलीले आज दोस्रो दिन पनि निरन्तरता दिएको थियो । 

अनुगमनका क्रममा आज पथरी बजार क्षेत्रका सिम्रन माछा फ्रेस हाउस, मनोज फ्रेस हाउस, सम्वाहाम्फे फ्रेस हाउस, गृष्मा किराना पसल, सेवारो फ्रेस हाउस, शिवम मिष्ठान्न भण्डार, करुणा होटल, मनिषा किराना पसल, नमस्ने फाष्ट फुट, साथी मार्ट, ए टु कलेक्सन, भोजपुरे किराना पसल, आर्यन किराना पसल, ललिता फलफुल तथा किराना, पूजा फलफुल, पथरी फलफुल पसल, बजारका मुख्य मासु पसलहरु र सब्जी मन्डीको अनुगमन भएको थियो ।


बिहीबार अनुगमनका क्रममा स्वास्थ्य कर्मचारी जगत मगर, वडा सदस्य पूर्ण कार्की, बसुन्धरा गुरुङ, आरती खाती, राजश्व शाखा कर्मचारी मित्रकला चापागाई, सवल पोख्रेल, इलाका प्रहरी कार्यालय पथरीका प्रहरीहरु लगायतको उपस्थिति थियो ।