सुनसरी / इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।


वार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष खनालले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक युगप्रिय निरौलाले प्रस्तुत गरेका थिए ।


कोशी प्रदेशका प्रमुख परशुराम खापुगंको प्रमुख आतिथ्य तथा तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनालको अध्यक्षतामा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 


 कमल राईको संयोजकत्वमा भएको वार्षिक साधारण सभामा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष   माधव कोईराला , वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदी , होटल ब्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष रविन गौतम लगायतको सहभागिता रहेको थियो । 


इटहरी २ र ३ मा अबस्थित तालतलैयामा आर्कषक प्रवेशद्धार बुढासुब्बा मन्दिर, फलामको आकाशे पुल,आर्कषक पोखरीहरु,जेटबोट,घुमाउने पोखरी,नागबेली पोखरी,ठुलो टयाङग्रा पोखरी,३३ वटा बिभिन्न देशका मुर्तिकारहरुले निर्माण गरेको ढुंगाको मुर्ति,बालउद्यान,घोडचढी,प्राकृतिक सुन्दरता र जैविक बिबिधता यहाँका मुख्य आर्कषण रहेका छन्  ।IMG_20231008_200320