सुनसरी / मादी नगरपालिकाले सीप सिक्न इच्छुक व्यक्तिहरुको सुचीकरण सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
चालु आर्थिक २०८०/८१ मा मादी नगरपालिका भित्र ड्राईभिङ्ग मेकानिकल, प्लम्बिङ्ग इलेक्ट्रिसियन र मोबाईल तथा ल्यापटप मर्मत सम्बन्धि सीप मादी नगरपालिकाको आयोजनामा राखिएको हुँदा, कात्तिक १७ गते भित्र आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यलय वा रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न नगरपालिकाले सुचना प्रकाशित गरेको छ ।
मादी नगरपालिकामा स्थायी बसोबास भई सीप सिक्न ईच्छुक व्यक्तिहरुले आफूले सीप सिक्न चाहेको विवरण खुलाई तोकिएको ढाँचा अनुसार कार्तिक १७ गते भित्र मादी नगरपालिकाको रोजगार सेवा केन्द्र वा सम्बन्धि वडा कार्यालयमा निवेदन दिन नगरबासीलाई अनुरोध गरिएको सुचनामा उल्लेख छ ।
बेरोजगारीको समस्या हल गर्नु, युवाहरुलाई आत्मनिर्भर बनाउनु तालिमको मुख्य उद्देश्य रहेको मादी नगरपालिकाका नगर प्रमुख जिवन लिंथेपको सचिवालयले जानकारी दिएको छ । उक्त तालिमको संयोजक मादी नगरपालिकाका रोजगार संयोजक अधिकारीले गर्नु भएको छ ।
आवश्यक योग्यता तथा कागजजाजनारायणहरू नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साईजको फोटो १ प्रति, कार्य अनुभव खुल्ने कागजात भए सो को प्रतिलिपी, गरीब, दलित, जनजाति, अपाङ्ग भए सो को प्रतिलिपी, तालिम लिन इच्छुक उम्मेदवारको उमेर १८ देखि ४० वर्ष ननाघेको हुनु पर्ने छ सूचनामा उल्लेख गरिएको छ ।


