सुनसरी / रामधुनी नगरपालिकाले नगरवासीको हितका लागि करको दर घटाएर र दायरालाई विस्तार गरि जनमुखी कर निर्धारण गरेको छ ।
नगरपालिकाले जारी गरेको अर्थ सम्वन्धी २०८० को ऐन मार्फत जनमुखी कर वनाएको, स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधान धारा २२८ बमोजिम चौथो नगरसभाद्धारा पारित गरि जनमुखी कर निर्धारण गरेको हो ।
सम्पत्ती कर र भुमिकर(मालपोत) बाहेक अन्य करको हकमा त्यसको दायरा समेत घटाएको रामधुनी नगरपालिकाका राजस्व प्रमुख सुबोध निरौलाले बताए ।
जनप्रतिनिधीहरु आए पछि जनतालाई स्थानीय सरकारको प्रत्याभुति दिलाउनको लागि नगरपालिकाले नगरवासीको सहजतामा काम गर्दै आएको छ । २०७८ को स्थानीय तहको चुनाव मार्फत रामधुनी नगरपालिकाको नगर प्रमुख शंकरलाल चौधरी र उप प्रमुख तारा थापा रहनु भएको छ ।
उक्त नगरपालिकाले करको दायरालाई घटाए पनि राजस्वमा भने वर्षेनी वृद्धि गरेको छ । आर्थिक वष २०७९।८० मा साढे ५ करोड राजस्व संकलन गरेको राजस्व शाखाले जनाएको छ ।
नगरवासीको सहजताको निम्ति अव मोबाइलबाटै कर तिर्न सक्ने प्रणाली वनाउने भएको छ । नगरपालिकाले त्यसका लागि ‘रामधुनी नगरपालिका करदाता पोर्टल’ प्रणालीको लागि तयारी थालेको छ । करदाता पोर्टल तयारी पुरा भएपछि चाँडै नै घरमा बसी बसी मोबाइलबाट नै सेवा दिने तयारी रहेको राजस्व प्रमुख सुवोध निरौलाले बताए ।


