इटहरी / लेखक मोहन तिम्सिनाको 'जैविक दर्शन 'पुस्तकको लोकार्पण गरिएको छ ।


शनिबार इटहरीको संगीत साधना प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा पुस्तकको कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले लोकार्पण गरेका थिए ।


३ सय ८७ पृष्ठ भएको पुस्तकमा जम्मा ६ ओटा खण्ड छन् । पहिलो खण्डमा विषयहरूको उठान गरिएको छ । दोस्रो खण्डमा भौतिकवादको ऐतिहासिक पृष्ठभूमि, मूलभूत चिन्तन ढाँचा र विधागत विस्तारसम्मको चर्चा गरिएको छ ।


विधाहरूमा भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ । राजनीतिक विधा अन्तरगत, उदारवाद, साम्यवाद, राष्ट्रवाद, कल्याणवाद र प्रजातान्त्रिक समाजवादको समीक्षात्मक चर्चा गरिएको छ ।


तेस्रो खण्डमा आधुनिक विज्ञानका विधाको वर्णन छ । भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ । चौथो खण्डमा तपस्वी विज्ञानका विधाको वर्णन छ । यसमा पनि भौतिकशास्त्र, जिवशास्त्र, मनोविज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ ।


पाँचौँ खण्डमा आधुनिक विज्ञान र तपस्वी विज्ञानको संश्लेषणका रूपमा ‘जैविक दर्शन’को रूपरेखा वर्णन गरिएको छ । यस अन्तरगत प्रकृति, जीवन, मानव, समाज, अर्थतन्त्र र राष्ट्ररराज्यको स्वभावको संश्लेषणरविश्लेषण गरिएको छ ।


छैटौँ खण्डमा वर्तमान परिवेशको समीक्षा, विचारधाराहरूको समीक्षा र भावी विकल्पका रूपमा ‘जैविक समाज’को अवधारणा प्रस्तुत गरिएको छ । लोकार्पण कार्यक्रममा वक्ताहरूले पुस्तकबारे आ-आफ्नो भनाइ राखेका थिए ।