सुनसरी / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) सुनसरीको दशौं जिल्ला अधिवेशनले योवा राईको अध्यक्षतामा नयाँ कार्य समिति पाएको छ । 


धरानमा भएको अधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गर्ने टुंगो लागेको छ । अधिवेशनले पदाधिकारीसहित १६ सदस्यीय कार्य समिति चयन गरेको छ । ५ सदस्य पहिलो बैठकले मनोनित गर्ने निवर्तमान सचिव भगत लिम्बूले जानकारी दिए । 


सामान्य विवादका बीच टुंगो लागेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष गणेश कोइराला, उपाध्यक्षमा आलोक श्रेष्ठ, सचिवमा थरेन्द्र अधिकारी, सह सचिवमा पूर्णचन्द्र ढकाल, कोषाध्यक्षमा कृष्ण गड्तौला र सहकोषाध्यक्षमा कुरन चेम्जोङ चयन भएका छन् ।


कार्यसमितिका सदस्यहरुमा सुमित राई, गोकुल खड्का, राजकुमार राई, ताराबहादुर कार्की, सुमितकुमार मेहता, श्रवणकुमार साह, नवराज बुढाथोकी, गम्भीर तामाङ र दीपेन्द्र यादव छन् । जिल्लामा ८४ निजी विद्यालय आबद्ध छन् ।


अधिवेशनका लागि केन्द्रीय कार्यसमितिका अध्यक्ष पण्डव हमालको प्रमुख उपस्थित रहेको थियोे । अधिवेशनमा केन्द्रीय कार्यसमितिका अध्यक्ष, सहाध्यक्षदेखि ३ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष २ सचिव र सदस्यहरूको उपस्थिति रहेको छ । एनप्याब्सनका धनकुटा, इलाम, उदयपुरलगायतका जिला नेतृत्वको सहभागिता रहेको छ ।